अरुण फुयाँल
–विभाग प्रमुख, इसेवा जोन पोइन्ट
बजारका अधिकांश साईबर कम्यूनीकेशनमा इसेवाका सेवा सुविधाबारे लेखिएका सामाग्रीका साथै जोन पोइन्ट भन्ने पनि देखिन्छ, खासमा इसेवा जोन पोइन्ट भनेको के हो ?⇒हेर्नुस् इसेवा भनेको आफ्नो मोबाइल तथा अनलाईनबाट बिल भुक्तानी तथा सहज रूपमा किनमेल गर्न सकिने माध्यम हो । बजारमा जतिपनि इसेवा स्टिकर, फ्लेक्स् अथवा
इसेवा अंकित लोगो टाँसेका देख्नुहुन्छ, ति सबै ईसेवाका प्रतिनिधी हुन् । जसले इसेवाका सम्पूर्ण सेवाहरु आम जनतामा पुर्याउने काम गरिरहेका छन् । ति जोन पोइन्टबाट १ सय भन्दा बढि सेवा सुविधा प्रदान एवं भुक्तानी गर्न सकिन्छ । ग्राहकले
इसेवामा आवद्ध साईबर, जोन पोइन्टहरुलाई सहजै पहिचान गर्न सकुन् र
इसेवाका सेवा प्राप्त गर्न सकुन् भनेर नै
इसेवा जोनपोइन्ट निर्माण गरिएको हो । जहाँबाट ग्राहकहरुले आफ्नो टोलछिमेकबाटै सबै किसिमका बिल भुक्तानी गर्न, किनमेल गर्न पाउँछन् र उनीहरु कहिँकतै गएर लाइन बसी दुख पाउनुपर्ने बाध्यता हटेको छ ।
इसेवाका चिन्ह अंकित जोन पोइन्टबाट ग्राहकले के–के सुविधा प्राप्त गर्न सक्छन् ?⇒ इसेवामा आवद्ध भएका साइबर, स्टेश्नरी ट्राभल एजेन्ट लगायत कुनैपनि स्थान वा जोनपोइन्टबाट ग्राहकहरुले इसेवा मार्फत् मोबाइल रिचार्ज, टप्अप्, ल्याण्डलाईन, एडिएसएल बिल भुक्तानी, इन्टरनेट, खानेपानी, बिजुलीबत्ति, डिसहोम, सिमटिभी, हवाइजहाज टिकट बस टिकट लगायतका सेवा प्राप्त गर्न सक्नुहुनेछ । उपभोक्ताले सय भन्दा बढी दैनिक आवश्यक सेवा ईसेवाबाट प्राप्त गर्न सक्नुहुन्छ र उहाँहरु
इसेवाका सेवा लिन अत्यन्तै आकर्षित् हुनुहुन्छ ।
जोनपोइन्ट अर्थात् इसेवा अंकित पसलमा आकर्षित् छन् भन्नुभयो, उनीहरु आकर्षित् हुनुको कारण चाहीँ के हो ?⇒अहिले आम मानिसको जीवन निकै व्यस्त भइरहेको छ र उनीहरुलाई हरेक पल पलको समयको महत्व छ । उनीहरु बिजुलीको बिल तिर्न काउण्टरमा लाइन लाग्नुपर्यो, पानीको बिल भुक्तानीमा पनि त्यस्तै सास्ती । पोष्टपेड, ल्याण्डलाइनको बिल तिर्न उस्तै लाइन, अन्तरबैंक कारोबार गर्नुपरेमा अर्को दुईचार घण्टा खेर जाने समस्या । जसले गर्दा आफुले उपयोग गरेका सेवाको भुक्तानी गर्न उनीहरुले धेरै समय खेर फाल्नुपरिरहेको अवस्था थियो र छ अहिलेपनि कतिपय अवस्थामा । तर यी सबै सुविधा इसेवाले दिएको छ, र नजिकको साइबर कम्युनिकेशनबाट लिन सकिन्छ, ताकी काहीँ कतै गएर लाइन बस्नु पर्दैन । अर्को कुरा इसेवाबाट कारोबार गर्दा अथवा बिल भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क तिर्नुपर्दैन । आफ्नै टोलछिमेकबाट बिल भुक्तानी गर्न सकिनेभएपछि उपभोक्ताहरु गाडी चढेर सेवाप्रदायककहाँ जानुपर्ने बाध्यता हटेपछि उनीहरुको गाडी भाडा लगायतका खर्चमा पनि कटौती भयो । एकातिर समयको बचत अर्कोतिर खर्चमा बचत हुने हँदा ग्राहकहरु
इसेवा जोन पोइन्टमा जान अत्यन्तै रूची राख्नुहुन्छ ।
पहिले पहिले साइबरहरुले आफ्नै किसिमले सेवा प्रदान गर्थे, अहिले इसेवामार्फत् कारोबार गरिरहेको पाइन्छ, खासमा इसेवामा आवद्ध हुनु र नहुनुमा के फरक छ, साइबरहरुलाई ?⇒ कुनैपनि व्यवसाय गर्ने संचालकहरूलाई आफ्नो पसल वा संस्थाबाट धेरैभन्दा धेरै सेवा सुविधा दिने, छिटोछरितो सेवा दिने, कम अपरेशन कष्टमा धेरै आम्दानी गर्न सकौं,सामान हराएर, वा नष्ट भएर घाटा नलागोस् भन्ने इच्छा हुन्छ । तर पूँजी सिमित हुने कारणले उसले आफुले चाहेअनुसारका धेरै सुविधा प्रदान गर्न नसक्ने अवस्था हुन्छ भने व्यापार विस्तार हुन सकिरहेको हुँदैन । रिचार्जकार्डकै कुरा गर्नेहो भनेपनि कुनै पसललेले सबै रिचार्नकार्डलाई पैसा तिरेर किन्नुपर्यो सुरुमा । उसले ५/५ हजारका दरले स्काई, एनटिसी, एनसेल, स्मार्टकार्ड,डिसहोम,सिमटिभी लगायतका रिचार्जकार्ड किन्दा सबै आइटम मिलाउदा कम्तिमा पनि ३० हजार सुरुमै लगानी गर्नुपर्यो । त्यो पसलको ३० हजार रिचार्जकार्डमा गयो । उसले बेचेर केही कमिशन त पाउँछ तर फेरी त्यहि पैसा रिचार्जकार्ड किन्न प्रयोृग गर्नुपर्छ । यसो हँदा उसले थप सेवा सुविधा दिन समस्या हुन्छ ग्राहकलाई । रिचार्जकार्डमा पनि एजेन्टमा भर पर्नुपर्ने, कहिले रिचार्जकार्ड सकिएर ग्राहक रित्तैहात फर्कनुपर्ने समस्या हुन्छ । अझ भनौ रिचार्जकार्ड च्यातिने, हराउने, चोरी हुने, समस्या पनि हुन्छन् । यसले साइबरहरु रिचार्जकार्डमै बढि केन्द्रित र डिपेण्ड हुनुपर्छ । तर इसेवामा त्यस्तो हुँदैन । आफुने जति सकिन्छ त्यति एकाउण्टमा रकम राख्ने र जो ग्राहक जे सेवाका लागि आउछ, त्यहि सेवा दिन सक्छन् हाम्रा जोन पोइन्टले । मानौ त्यो रिचार्जकार्ड खरिद गर्ने ३० हजार कुनै साइबरले इसेवा एकाउण्टमा हालेर कारोबार गरेमा रिचार्जकार्ड चाहिलेलाई रिचार्जकार्ड, इन्टरनेटको बिल भुक्तानी,बिजुली, खानेपानीको बिल भुक्तानी, हवाइजहाज, बस टिकट त्यहि ३० हजारबाट काट्न सकिने भए । एउटै रकमबाट यतिधेरै सेवा दिन सकिन्छ एकातिर थप लगानी गर्न नपर्ने, अर्कातिर धेरै सेवा सुविधा प्रदान गर्न पाइने । इसेवामा आवद्ध नहुँदा सिमित सेवा सुविधा मात्र हुन्छन् भने इसेवामा आवद्ध हुँदा वित्तिकै धेरै सेवा दिन सकिन्छ । पूजी अभाव भएका कारण ब्यापार विस्तार गर्न पाइएन भन्ने कुरालाई इसेवाले सम्बोधन गरेको छ । तसर्थ इसेवामा आवद्ध हुन धेरैको आकर्षण हुनुका साथै जोनपोइन्टको ब्यापार विस्तार भइ आम्दानीमा समेत वृद्धि भइरहेको छ ।
कस्तो प्रकारका व्यवसायीले इसेवा रूचाएका छन, र उनीहरुले इसेवाका कुनकुन सेवामा बढि आकर्षित् छन् ?⇒ साईबर, स्टेशनरी, मोबाईल पसल, किसाना पसलले मोबाइल रिचार्ज, ट्राभल एजेन्सी, सहकारी जस्ता थुप्रै संस्थाहरुले इसेवा रूचाएका छन् र उनीहरुले इसेवामार्फत् सेवा प्रदान गरिरहेका छन् । उनीहरुले विशेषगरि मोबाइल रिजार्च, टप्अप्,पोष्टपेड मोबाइल बिल भुक्तानी, इन्टरनेल बिल भुक्तानी, डिसहोम, सिमटिभी रिचार्ज, हवाइजहाज टिकट, बस टिकट लगायतका सेवामा बढि आकर्षित् छन् र यी सेवा उनीहरुले निरन्तर प्रदान गरिरहेका छन् । ट्राभल एजेन्सीहरुले बिना धरौटी हवाइजहाज र बस टिकट काट्न सकिने भएकाले उनीहरु हवाइजहाज र बस टिकटमा आकर्षित् छन् । पछिल्ला दिनमा अन्तरबैक कारोबार गर्नका लागि निकै सहज माध्यम बनेको छ इसेवा । यसमा पनि आकर्षण निकै बढेको छ । हरेक महिनाजस्तो हरेक जोनपोइन्टमा इसेवाबाट सेवा लिनेको संख्या बढ्दो छ ।
ईसेवामा आवद्ध हुन अथवा जोन पोइन्ट बन्न सबै व्यवसायी सक्छन् रु साधारण व्यवसायी यसमा आवद्ध हुन सकिन्छ कि सकिदैन रु आवद्ध कसरी हुने ?⇒सक्छन् । इसेवामा जोसुकै पनि आवद्ध हुन सकिन्छ । साधारण, उच्च व्यवसायी भन्ने नै हुँदैन । इसेवामा आवद्ध हुनको लागि संचालकले आफ्नो विवरण बुझाए हुन्छ । यसमा आवद्ध हुन कुनै शुल्क, धरौटी तिर्नु/राख्नु पर्दैन । यसमा आवद्ध हुन नजिकैको इसेवा जोनमा गएर सबै बुझेर आवद्ध हुन सकिन्छ । अथवा हाम्रो टोलफ्रि नं १६६००१००२१२१ मा सिधै सम्पर्क गरी जानकारी लिएर पनि आवद्ध हुन सकिन्छ । र
इसेवामार्फत् कारोबार गर्न तथा आफ्ना सेवा सुविधा संचालन गर्न पाइन्छ । जस्तोसुकै साधारण व्यवसायीले पनि
इसेवाका सेवा सुविधा प्रदान गर्न सक्छन् ।
तपाईले ईसेवा जोन भन्नु भयो, यो जोन भनेका को हुन् रु कसरी सम्पर्क गर्ने ?⇒स्थानीय स्तरमा
इसेवाका हरेक सेवा सुविधाका बारेमा जानकारी गराउन, पोइन्टहरु निर्माण गरी इसेवाका सेवा सुविधा प्रत्येक गल्ली गल्लीमा पुर्याउन् भनेर इसेवाले हरेक क्षेत्रमा जोनको निर्माण गरेको छ । उनीहरुको काम भनेको इसेवालाई विस्तार गर्ने र इसेवाका सेवा सुविधा प्रदान गर्ने र पोइन्टको रेखदेख गर्ने र उनीहरुलाई सघाउने हो । हरेक टोलमा इसेवा जोन रहेका हुन्छन् । जहाँ इसेवा जोन भनेर लेखिएको हुन्छ । त्यहाँगइ सम्पर्क गरी यसमा आवद्ध हुन सकिन्छ । अथवा सम्पर्क नभएमा हाम्रो केन्द्रिय कार्यालयको टोलफ्रि नंम्बरमा फोन गर्नुस् हामी जोनसँग सम्पर्क गराइदिन्छौं ।

इसेवामा आवद्ध भइसकेपछि ब्यापार व्यवसायका साथै आम्दानी बढ्छ भन्नु भयो, त्यो कसरी ?⇒हेर्नुस्,
इसेवाका सेवा सुविधा प्रदान गरी आम्दानीमा स्वत वृद्धि हुन्छ । हिजोसम्म एयरलाइन्स् टिकट, बस टिकट काट्ने कुनै माध्यम थिएन । अनलाइनबाटै बिल भुक्तानी गर्न सकिदैनथ्यो । इन्टरनेको बिल भुक्तानी गर्न सकिदैनथ्यो । तर
इसेवामा आवद्ध भएपछि यी सबै सेवा सुविधा प्रदान गर्न सकिन्छ । सामान्य अवस्थामा पनि इसेवामार्फत् कारोबार गर्दा मासिक ५० हजारसम्म आम्दानी गर्न सकिन्छ । बढि कारोबार गर्न सक्ने जोन पोइन्टहरुको आम्दानी अझै राम्रो छ । धेरैसेवा दिएपछि आम्दानी आफसेआफ बढिहाल्छ नी । यो त अतिरिक्त आम्दानी हो । इसेवा चलाउनलाई छुट्टै लगानी गर्नुपरेन । साधारण मोबाइल तथा कम्प्युटरबाट सेवा दिने हो । जोन पोइन्टका अन्य कारोबार त आफ्नै ढंगले भइरहेका हुन्छन् । इसेवामा आवद्ध भएपछि आम्दानी बढ्छ, यसमा कुनै दुईमत नै छैन ।
तपाईका कुरा सुन्दा इसेवा मा आवद्ध भएपछि सबै हुन्छ जस्तो देखियो, यसमा केही चुनौतीहरु पनि त होलान् नि ?⇒हाहाहा............ हाम्रालागी सबैभन्दा ठुलो चुनौती भनेकै यस्तो पनि संभव छ र नेपालमा ? भन्ने अभिव्यक्ति हो । जुन हामीले ५ वर्षदेखि भोग्दै आइरहेका छौं । उहाँहरुलाई हामीले संभव छ, हामीले गरेका छौं, हाम्रा १५ हजार जोन पोइन्टले कारोबार गरेका छन् भन्दा अझैपनि यो त संभव छैन होला भन्नुहुन्छ । तर हामीले बुझाइरहेका छौं । विगतका तुलनामा हामीलाई पनि सहज हुंदै आइरहेको छ बुझाउन । किनकी
इसेवा चलाउनेको संख्यामा भएको तिब्र वृद्धिका कारण । अर्को चुनौती भनेको यतिधेरै सेवा सुविधा प्रदान गर्न सक्ने अवस्था हुँदापनि ब्यापार गर्न कुनै जोश जाँगरनै नदेखाइदिने परिपाटी । हो, चलेकै छ, भैरहेकै छ भन्नेको संख्या पनि राम्रै छ । यो हामीलाई अर्को चुनौती बनेको छ । परम्परागत शैलीबाट कारोबार गरिरहेकाहरु नयाँसेवाका कुरा गर्दा सुरुमा हिच्कीचाएपनि पछि बुझ्दै गएर आफै सम्पर्क गनर्सहुन्छ र आवद्ध हुनुहुन्छ अनि उत्साही ढंगले कारोबार गर्नुहुन्छ ।
यी चुनौतीहरुको समाधान कसरी गरिरहनुभएको छ ?⇒हाम्रा सेवा सुविधा प्रयोग गर्न कुनै थप शुल्क अथवा धरौटी आवश्यक पर्दैन । त्यसैले हामीले १०/१५ मिनेट समय मागेर ईसेवा एकाउन्ट खोलीदिन्छौं र उहाँहरुको मोबाइल रिजार्ज गराउँछौ । सुरुमा रिचार्जकार्डको विकल्पका रूपमा ईसेवा प्रयोग गर्न प्रोत्साहन गछौँ । पछि उहाँहरुलाई थपसेवा बाारे जानकारी हुँदै जान्छ र हामीले पनि उहाँहरुलाई सबै सेवाका बारेमा सिकाउँछौ । पछि मुभि टिकट, इन्टरनेट बिल पेमेन्ट, हवाइजहाज, बस टिकट सबै काट्न थाल्नुहुन्छ । त्यसपछि उहाँहरु आफै उत्साहित भएर थप के गर्न सकिन्छ भन्दै हामीसँग आउनुहुन्छ । सिक्दै गएपछि पसलमा थप जनशक्ति नै राखेर, छुट्टै ठाउँ निकाली इन्टरनेट जडान गरी कम्प्युटर समेत जडान गरि इसेवाका सम्पूर्ण सुविधा दिने निकै धेरै हुनुहुन्छ ।
जो अहिले व्यवसाय संचालन गरिरहेका तर इसेवामा आवद्ध नभएका अन्य व्यवसायीहरूलाई चाहिँ के छ अबसर ?⇒जो व्यवसाय संचालन गर्नुभएको छ, उहाँले ईसेवा प्रयोगका लागि थप केही लगानी गर्नुपर्दैन । त्यसैले उहाँले सुरुमा ईसेवा सुचारू गर्नुप¥यो, ईसेवामा एकाउण्ट खोल्नुप¥यो । साधारण मोबाइल अथवा इन्टरनेटबाट ईसेवाका सेवा दिन सकिन्छ । अन्य क्षेत्रमा ठुलो लगानी गरेर पाइने कमिशन यसमा बिना लगानी नै पाइन्छ । नेपाल टेलिकमको सिमकार्ड बेचेर आफ्नो मोबाइलबाटै एक्टिभ गर्न सकिन्छ । जो शुकै व्यवसायी पनि ईसेवामा आवद्ध भएर सेवा प्रदान गर्न सक्नुहुनेछ ।
अहिले मुलुकको यो जटिल परिस्थितीमा सेवा विस्तार गर्न कत्तिको समस्या भइरहेको छ ?⇒हामी पनि यो बिकराल परिस्थितीले धेरैनै असर पार्ला भन्ने सोचेका थियौं । तर परिणाम ठिक उल्टो आइदियो । अहिले झन् तिब्र गतिमा सेवा विस्तार भइरहेको छ । इन्धन अभाव, बन्द लगायतले रिचार्जकार्ड ढुवानी हुन नसकेको बेला ईसेवा बरदान सावित भइदियो । सबै सेवा आफ्नै घर, टोलबाट भएपछि इन्धन अभाव, बन्दमा झनै सेवा तिब्र रुपमा विस्तार भयो ।
अन्त्यमा,⇒अहिलेको परिस्थितीमा सफल ब्यवसायका लागि
इसेवा विकल्प नभएर अनिवार्य आवश्यकता बन्दै गइरहेको छ । ईसेवा प्रयोग गर्नुस्, तपाईको ब्यापार विस्तार हुनुका साथै आम्दानी बढ्छ ।