Saturday, August 12, 2023

अबदेखी शनिबार देउरालीको सबै सेवाहरु वन्द रहने

 हप्ताको सातै बार सेवा प्रदान गर्दै आएको देउराली डिजिटलले अबदेखी हरेक शनिबार सबै सेवाहरु बन्द गर्ने भएको छ ।

देउराली डिजिटलले माछापुच्छ्रे बैङ्कको वि.एल.वि शाखा (खाता खोल्ने, रकम जम्मा गर्ने, रकम झिक्ने, रेमिटान्स सेवा), फोटो स्टुडियो सम्बन्धि सवै सेवा, गिफ्ट हाउस तथा स्टेशनरी सेवा, खानेपानी तथा विद्युत महशुल भुक्तानी सेवा, वैदेशिक रोजगारीको लागी आवश्यक श्रम स्वीकृति फारम, पुलिस रिपोर्ट देखी फोटोकपि, प्रिन्ट लागायतका धेरै किसिमका सेवाहरु प्रदान गर्दे आएको छ ।


Sunday, September 29, 2019

देउराली स्टुडियोको सेवा यात्रा

यस क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै आज भन्दा १६ बर्ष अगाडि सामान्य फोटो स्टुडियोको सेवाबाट सुरु भएको देउराली फोटोको सेवा यात्रा झन्डै ५ बर्ष पछि आफ्नै घरमा डिजिटल फोटो स्टुडियो, गिफ्ट हाउस तथा स्टेसनरीको सेवा सहित सेवा बिस्तार भयो। अर्जेन्ट फोटो, फोटोकपी, प्रिन्ट तथा लेमिनेशनको सेवा थप गर्दै गर्दा इमेल ईन्टरनेट बाट हुने सेवाहरु पनि थप गरियो साथै सबैखाले साना ठुला कार्यक्रमको लागी आवश्यक प्रमाणपत्र, फ्रेम, ब्याज, व्यानरको सेवा उपलब्ध गरियो त्यसको केही समयपछि इसेवाको जोन बन्ने अवसर प्राप्त भएपछि अन्य व्यवसायीक केन्द्रहरुलाई पनि इसेवा पोइन्टमा आबद्ध गर्दै आफ्नो सेवापनि अझ बिस्तार गर्ने अवसर प्राप्त भयो जसमा प्लेन टिकट, बस टिकट, सबै नेटवर्कमा रिचार्ड सुबिधा, सिम कार्ड, ईन्टरनेट बिल लगायतको सुबिधा बिस्तार गरियो। बिदेश अध्ययन तथा विभिन्न सिलसिलामा जानका लागी आवस्यक पर्ने अङ्ग्रेजी अनुवादका वडाले भेरिफाइ गर्ने डकुमेन्टहरु यहीँबाट सेवा उपलब्ध गरियो। तानसेन पुगेर घन्टौं लाईन बसेर कष्टसहित तिर्नुपर्ने बिजुलीको बिल यहीँबाट तिर्न मिल्ने व्यवस्था मिलाएपछी सबैको धन्यवादको पात्र बन्ने अवसर प्राप्त भयो। विवाह लगायत विभिन्न कार्यक्रममा आवश्यक भिडियोग्राफी फोटोग्राफि आफ्नो क्षेत्रमा मात्र सिमित रहेकोमा सामाजिक संजालको विकासक्रम संगै सेवालाई टाढा सम्म विस्तार गर्ने अवसर प्राप्त भयो र धेरैको धन्यवादको पात्र बन्ने अवसर मिल्दा काममा हौसला प्राप्त भैरहेको छ। यो क्षेत्रमा बैंक भएन, बिदेशबाट आएको पैसा लिन तानसेननै पुग्नुपर्ने झन्झट भयो भन्ने सबैको आवश्यकतालाई मध्यनजर गर्दै पहिलोपटक हामिलेनै बैंकको लागी आवश्यक प्रक्रिया सुरु गरियो र रेमिटान्स सुविधा सहित नयाँ खाता खोल्न मिल्ने, रकम जम्मा गर्न मिल्ने, लोन सिफारिस गर्न मिल्ने 'क' बर्गको माछापुच्छ्रे बैंकको सुविधा यहीँबाट सेवा आरम्भ गरियो। सबैको साथ र बिश्वासले देउराली स्टुडियोबाट आजसम्म बिस्तार गरिएको सबै सेवाहरु बाट ग्राहकवर्ग लाई सन्तुष्टि प्रदान गर्दै धन्यवादको पात्र बन्न सफल भएका छौँ आशा र बिश्वास छ यो बिश्वास, साथ, सद्भाव र माया निरन्तर पाइराख्ने छौं।

Wednesday, April 25, 2018

बिधुतको बिल बुझाउन अब घण्टौ लाईन बस्नुनपर्ने

बिधुतको बिल् बुझाउनका लागि अब बगनासकालि क्षेत्रका जनताहरु तानसेनमा गै घण्टौ लाइनमा बस्नुनपर्ने बाध्यता हटेको छ।  देउरालि डिजिटल बराङ्दि पाल्पाले सेवाग्राहिको सुविधालाइ मध्यनजर गर्दै अब सबैखाले विधुतको बिल भुक्तानि देउरालि डिजिटलबाटै हुने गरि व्यबस्था गरेको हो । सयौ खर्च गरेर तानसेन जानुपर्ने बाध्यतामा परिरहेका जनताहरुले अब सामान्य शुल्कमा बिधुतको महशुल बिझाउन सक्नेछन्।

Monday, January 16, 2017

फोटोको क्वालिटीलाई अझ उत्कृष्ट बनाउन देउराली डिजिटलले ल्यायो D7200 DSLR क्यामेरा

बराङ्दी, पाल्पा
        समयको माग र ग्राहकको चाहनालाई मध्यनजर गर्दै देउराली डिजिटल बराङ्दी पाल्पाले निकोनको Sony A7 iv क्यामेरा ल्याएको छ। फोटोको क्वालिटीलाई उत्कृष्ट बनाउने उदेश्यका साथ यो Latest क्यामेरा ल्याइएको हो।

Tuesday, January 3, 2017

लाइन (बत्ती) नहुदापनि देउराली डिजिटलका ग्राहकहरु सेवा लिन कुर्नु नपर्ने

बराङ्दी, पाल्पा 
         ग्राहकहरुको सेवालाई मध्यनजर राख्दै देउराली डिजिटल स्टुडियो बराङ्दी पाल्पाले उच्चस्तरीय प्रविधि भित्र्याएको छ। पाल्पाको पुर्बी फिडर लाईन बारम्बार बिग्रने समस्याका कारणबाट ग्राहकहरुले निरन्तर पाउने सास्तीलाई मध्यनजर गर्दै लाईन नहुदा पनि निरन्तर सेवा प्रदान गर्न लागिएको हो। ४८ घन्टा ब्याकप क्षमता  रहेको ब्याट्री बाट ग्राहकहरुले प्रत्यक्ष लाभ पाउने भएका छन् । जुनसुकै समयमा पनि देउराली डिजिटल आउने ग्राहकहरु सबैखाले सेवा लिएर जान पाउने भएका छन् ।
                       HD भिडियोग्राफी, सबै किसिमका इन्डोर-आउट्डोर फोटोग्राफी, फ्रेमिङ, लेमिनेसन, पाल्पामै उत्कृष्ट माला फ्रेमिङ, फोटोकपी, टाइप, प्रिन्ट, इमेल-ईन्टरनेट, सम्मान-प्रमाणपत्र निर्माण तथा फ्रेमिङ, ब्याच, ब्यानर लगायत गिफ्ट तथा स्टेसनरी लगायतका सेवाहरु देउराली डिजिटलले प्रदान गर्दै आएको छ।
         

Sunday, August 21, 2016

के के छ खानीगाउँ ७ बराङ्दी १ देउरालीका सेवाहरु। जानू पर्दैन अब तानसेन र बुटवल

के के छ खानीगाउँ ७ बराङ्दी १ देउरालीका सेवाहरु। जानू पर्दैन तानसेन र बुटवल

१) देउराली डिजिटल स्टुडियो एन्ड गिफ्ट हाउस(नारायण एन्ड बिष्णु तिमिल्सेना) :- अर्जेन्ट फोटो तथा सबै किसिमका फोटो खिच्ने तथा बनाउने सुविधा, विभिन्न शुभ कार्यहरूमा FULL HD भिडियो खिच्ने सुविधा, सबैखाले गिफ्ट्का समान तथा खेलौनाहरु पाइने, साना ठुला सबैखाले कार्यक्रममा लागी आवश्यक प्रमाणपत्र,ब्याच,ब्यानर,फ्रेम बनाउने सुबिधा, फोटोकपी, िप्रन्ट,इमेल,ईन्टरनेट,मोबाइललाई आवश्यक समान तथा सेटिङ, NTC,NCELL,SMART का सिम पाइने ट्रेन र हवाई टिकट सुबिधा  आवश्यक स्टेशनरी समानहरु तथा esewa Zone.
२) रीता फेन्सी स्टोर(रीता भट्टराई) :- सबै उमेर समुहका महिला तथा पुरुषहरुका लागी आवश्यक सबै खाले स्पेसल कपडा सिलाउने सुविधा तथा विभिन्न फेन्सी आइट्महरु।
३) देउराली स्टोर्स(गण एन्ड कुमारी बुढाथोकी) :- सबै उमेर समुहका महिला तथा पुरुषहरुका लागी आवश्यक सबै खाले स्तरीय कपडा सिलाउने सुविधा,विभिन्न फेन्सी आइट्महरु तथा  मोबाइल बनाउने।
४) अर्जुन जनरल स्टोर्स(अर्जुन पाठक) :- दैनिक जिवनलाई  आवश्यक सबैखाले किराना समान फलफूल तथा तरकारी।
५) रजाली जुत्ता चप्पल पसल(बिस्नु रजाली) :- विभिन्न किसिमका जुत्ता चप्पलहरु पाइनुका साथै महिलालाई आवश्यक सबै खाले कपडा सिलाइने तथा कस्मेटिकका समान।
६) देउराली सुन चादी पसल(कुल बहादुर सुनार) :- सबै किसिमका सुन चादीका गहना तयार गरिने।
७) सपना एन्ड ब्रदर्श फेसन कलेकशन(मिनु न्यौपाने) :- सबै उमेर समुहका महिला तथा पुरुषका लागि आवश्यक हरेक किसिमका फेन्सी कपडाहरु सुपथ मुल्यमा पाइने।
८) सपना एन्ड गुराँस किराना पसल(डोल बहादुर गाहा) :- दैनिक उपभोगलाई  आवश्यक सबैखाले किराना समान तथा तरकारी।
९) पाल्पा भैरव सुन चादी पसल :- सबै किसिमका सुन चादीका गरगहना तयार गरिने।
१०) दुर्गा किराना पसल(दुर्गा बुढाथोकी) :- विभिन्न इलेक्ट्रोनिक समान तथा वाइरिङ्को व्यवस्था।
११) सीता होटेल(सीता भट्टराई) :- खाना तथा  नास्ताको व्यवस्था।
१२) श्रेष्ठ होटेल(राजेन्द्र श्रेष्ठ) :- मम, चाउमिन, मासु लगायतका नास्ताको व्यवस्था।
१३) माधव होटेल(माधव भट्टराई) :- खाना नास्ता तातो चिसो तथा वासको व्यवस्था
१४) कालिका फ्रेश हाउस तथा पोल्ट्री सप्लायर्स(केशव बुढाथोकी) :- गुणस्तरिय कुखुराको मासु, अन्डा तथा दानाको व्यवस्था।
१५) गैरे किराना(दिननाथ गैरे) :- दैनिक आवश्यक किराना समान पाइने।
१६) सिद्धबाबा मेडिकल हल(मोहन घिमिरे) :- अनुभवी दक्ष चिकित्सक द्वारा जाँचको व्यवस्था।
१७) स्वस्तिका भाडा पसल(धन बराइली) :- दैनिक उपभोग्य भाडाका समानहरु उपलब्ध।
१८) रमेश एन्ड लिलु टेलरिङ्ग(रमेश परियार) :- सबै उमेर समुहका महिला तथा पुरुषहरुका लागी आवश्यक सबै खाले कपडा सिलाउने व्यवस्था।
१९) पार्वती कस्मेटिक(पार्वती बिक) :- सबैखाले कस्मेटिकका समानहरु उपलब्ध।
२०) बुढाथोकी राइस मिल तथा किराना पसल(खिन्ता बुढाथोकी) :- तोरी, मकै, गहुँ, बेसार कुटानी पेलानी तथा किराना समान।
२१) मालारानी स्टोर्स(तारा न्यौपाने एन्ड डिलु गाहा लु १ ज २६१२) :- दैनिक उपभोग्य समानहरुको होलसेल होम डेलिभरी व्यवस्था।
२२) बराङ्दी आयुर्वेदिक औसधालय (जीवन बश्याल):- सबैखाले बिरामीको निशुल्क स्वास्थ्य परिक्षण तथा निशुल्क आयुर्वेदिक औसधि।
२३) नेपाल परिवार नियोजन स्वास्थ्य क्लिनिक(सरस्वती) :- यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि परामर्श तथा स्वास्थ्य सेवा।
२४) न्यौपाने मिट सेन्टर(नारायण न्यौपाने) :- सबैखाले जीउँदो तथा तयारी  बाख्राको मासु।